२०८१ मङ्सिर १७ गते सोमवार

स्थानीय निर्वाचन : गठबन्धन घाेराही १० ले थाल्याे घरदैलो

दाङ,बैशाख १५ । स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै गएकाे छ । चिया पसलमा चल्ने चुनावी बहस घरघरमा पुगेकाे छ ।

घाेराही उपमहानगरपालिका वडा नं. १० मा गठबन्धनले घरदैलो कार्यक्रम थालेकाे हाे ।

गठबन्धनका साझा उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

घाेराही १० मा वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट दिपक पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरूमा मंगल चाैधरी, केशरी बिश्वकर्मा, मलबहादुर डाँगी (मिलन) र सरला वली रहेका छन् ।

वडा नं. १० गठबन्धनकाे बलियाे पकड रहेकाे वडा हाे । यस अघिकाे निर्वाचनमा पनि काङ्ग्रेसले अत्यधिक मतका साथ विजय प्राप्त गरेकाे थियाे । वडा नं. १० काङ्ग्रेसकाे `गढ´ मानिन्छ ।

यसपालि गठबन्धनका साझा रूपमा चुनावी अभियानमा रहेकाे छ । गठबन्धनसहितकाे चुनावी तालमेलका कारण पनि गठबन्धन बलियाे देखिएकाे छ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *