२०८३ असार २७ गते शनिवार

तुलसीपुर ७ को अध्यक्षका उम्मेदवार जिसी भन्छन ः वडालाई नमुना बनाउन÷अधुरा कार्यलाई पुरा गर्न मेरो उम्मेदवारी

तुलसीपुर, बैशाख १४ । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रामबहादुर जिसीले वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

गत स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत सहित वडा सदस्य पदमा निर्वाचित भएका जिसीले विगतका अधुरा कार्यहरुलाई पुरा गर्न र नमुना वडाका रुपमा विकास गर्नका लागि यस पटक वडा अध्यक्षमा आफनो उम्मेदवारी रहेको बताए ।

२०४६ साल देखि विद्यार्थी राजनिति यात्रा सुरु गरेका जिसीले हालसम्म आइपुग्दा विभिन्न सघं–सगठनमा आवद्ध रहेर काम गर्दै आएका छन । उनी स्थानीय राजनितिमा एउटा छुट्ै पहिचान बनाउन सफल युवा नेता,सामाजिक अभियान्ताका रुपमा परिचित छन ।

उनी नाम अनुसारकै काम गरेर सबैलाई मिलाएर जनताको सुख दुःखमा साथ दिने व्यक्तिको रूपमा पनि आफूलाई परिचित बनाएको बताउँछन । सबै स्थानीय बासीहरुलाई आफ्नो स्थानबाट जनप्रतिनिधि मात्र नभएर एक असल समाजसेवीको रुपमा आफूलाई चित्रण गरेको उनको दावी छ ।

समाजमा परेका जस्तो सुकै अप्ठ्यारा कार्यहरुमा आफू दिनरात नभनी समाज सेवामा तल्लीन रहन्छन उनी । उनले कोभिड–१९ को महामारीको समयमा गरिब तथा विपन्न घरपरिवारलाई व्यक्तीगत आर्थिकसगंसगै खाद्यन्न सामाग्रीहरु पनि सहयोग गरे । उनले वडाका विभिन्न टोलहरुमा पुगेर व्यक्तीगत सहयोगमा जिर्ण रहेका सडकहरु ममर्त गरे ।

सामाजिक सेवा तल्लिन जिसी समाजसेवालाई आफ्नो अभिन्न अंगको रुपमा लिएको तर्फ गरे । मीठो बोली वचन र व्यवहारले नै आम जनताहरूमा आफुप्रति अपेक्षा र सकरात्मक भावनाको विकास भएको उनी बताउँछन । अझ राजनीतिमा त नेताको ब्यक्ति रहन सहन बोली व्यवहारले पनि धेरै प्रभाब पार्दछ ।

उनी राम्रो बोली व्यवहार सहयोगी नेताको एउटा राम्रो उदाहरण पनि हुन । वडा सदस्य भैसकेपछि उनको काम गर्ने जागर र हौसला देखेर वडावासीहरु दगं छन् । उनी जनताको घर–घरमा पुगेर जनता गुनासो पनि सुन्ने गर्छन् । कसैलाई दुःख परेको छ भनेर सुन्दा साथ उनी ती व्यक्तिका घरमा गएर आफूबाट हुनसक्ने सक्दो सहयोग चाहे चामल, लुगा लत्ता कपडा वा पैसा नै किन नहोस् वितरण गर्ने गर्छन ।

जनताको सेवामा आफूलाई समर्पित गर्न खोज गर्दा एकप्रकारको आनन्द आउने उनले बताउँछन । विद्यार्थी जिवन देखि नै राजनिति यात्रामा होमिएका जिसी २०५९ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सघंको कोषाध्यक्ष हुदै २०६२÷०६३ को १९ दिने आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेका थिए ।

उनै रामबहादुर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दाङ क्षेत्र नं. ३ (क) बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध रुपमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि आफूले समाजमा घटेका वा समाजमा रहेका दिन दुःखीहरूलाई सहयोग गरेकै कारण २०७४ सालको स्थानीय तहको निर्वाचनमा आफूले जनताको मत प्राप्त गरेको र यसपटक पनि वडाध्यक्षमा जितेर आफू जनताको सेवामा तत्पर रहने प्रतिबद्धता जनाए ।


उनले आफ्नो उम्मेदवारी समग्र वडाको विकासका लागि भएको जिसीले बताए । ‘मेरो उम्मेदवारी समग्र वडाको विकासका लागि हो, उनले भने,‘ आफ्नो क्षमता, लगनशीलता र वडा सदस्य हुँदा गरेको काम नै चुनाव जित्ने आधार हो ।

उनले समग्र वडाको विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको पनि बताए । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको जिसीको भनाई छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *