हुम्ला,बैशाख १३ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यका लागि मनोनयन नपरेको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका १-६ वडा र चंखेली गाउँपालिका वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हो । ७ गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा छन् ।
यी दुवै पालिकाका उक्त वडाहरुमा दलित समूदाय नरहेका कारण उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाले जनाएको छ ।
हुम्लाका अन्य पालिकामा भने दलित महिला सदस्यको उम्मेदवरी परेको हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अधिकृत पौडेलले भने, ‘हुम्लामा ४४ वटा वडा रहेको र जसमध्ये ७ वडामा दलित महिला सदस्यहरुको उम्मेदावरी परेको छैन ।’
प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार