२०८१ माघ २६ गते शनिवार

कल बाईपासमा संलग्न २ जना नेपालगञ्जमा समातिए

दाङ, माघ १८ । कल बाईपासमा संलग्न दुईजना व्यक्ति नेपालगञ्जमा समातिएका छन् । भारतको मध्य प्रदेश जिल्ला जवलपुर निवासी ओरुप चटर्जी र नेपालको जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं. ८ घर भइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर निवासी कालिबहादुर सिंहलाई प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भारतीय नागरिक चटर्जी माघ १४ गते पक्राउ परेका थिए भने सिंहलाई माघ १७ गते मात्रै पक्राउ गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।


भारतीय नागरिक चटर्जीले नेपाली नागरिक सिंहसंग मिलेर बाँके जिल्लामा कल बाईपास गरी दुर संचाल प्रणालीमा नोक्सानी गरेको पाइएको हुँदा उनीहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

भारतीय नागरिक चटर्जी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा नाकाबाट पक्राउ परेपछि उनकै बयानका आधारमा सिंहपनि पक्राउ परेको प्रहरीले बताएको छ । सिंहको साथबाट प्रहरीले नगद १० हजार बरामद भएको बताएको छ ।

चटर्जीको साथवाट ल्यापटप १ थान, ३२ पोर्ट भिओआईपी गेटओय १ थान, टिपी लिंक राउटर १ थान, भिओआईपी मोवाईल लगाएका कल बाईपासमा प्रयोग हुने अन्य उपकरण पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *