२०८१ मङ्सिर २७ गते बिहिवार

सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा शर्माले दिए उम्मेदवारी

दाङ,बैशाख १२ । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिकाको मेयरमा हेमराज शर्मा ‘डायमण्ड’ले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताको दोस्रो दिन सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शर्माले मेयरमा र नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धन तर्फका उम्मेदवाहररुले घोराहीमा तामझाम, बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि शर्माले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा विकास गरिने प्रतिक्रिया दिए । ‘यहाँको आर्थिक विकास, कृषि उत्पादन, स्वास्थ, पर्यावरण र पर्यटनको विकास हाम्रो प्राथमिकतामा हुनेछ’ उनले भने । उनले जनताको आवश्यकताका कुराहरु आफ्नो मुख्य एजेन्डा भएको बताए ।

सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माआवादी केन्द्र र उपप्रमुखको पद कांग्रेसको भागमा परेको थियो । उपप्रमुखमा उम्मेदवारी दिएका डाँगी घोराहीको प्रमुखमा आकांक्षी थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *