२०८१ मङ्सिर २९ गते शनिवार

रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लवका उम्मेदवारलाई कांग्रेस र एमालेको साथ

रोल्पा,बैशाख १२ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ ।

चुनावी तालमेल गरेका एमाले र कांग्रेसले विप्लव नेतृत्वका नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सार्ने सहमति गरेका हुन् ।

सहमति अनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री गाउँपालिका अध्यक्षको उमेदवार बन्नेछन्।

गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । झाँक्री नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका छन्।

७ वडा रहेको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ३÷३ वटा वडा र विप्लव नेतृत्वको नेकपालाई(१ वडा दिने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *