काठमाण्डौ,बैशाख ११ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार दुई सय ५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ६९ जनामा झरेको छ । यही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यसैबीच पछिल्लो २४ घण्टामा ४८ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार