२०८१ चैत्र १३ गते बुधवार

५ बर्षीया बालिका बलात्कारको अभियोगमा १८ बर्षीय विक पक्राउ

दाङ, माघ १७ । दाङ प्रहरीले ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजना कशोरलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ सोनपुर पारखेत निवासी ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा घोराही २ रामपुर निवासी १८ बर्षीय मुकेश विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।

बुधवार बेलुका साढे ६ बजेतिर विकले बालिकाको घर नजिकैको खेतमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका विकमाथि करणी सम्वन्धी मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *