राजेश खत्री,
दाङ,माघ १७ । किशोरीमाथि हुँदै आएको हिंसा न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले तुलसीपुरमा आत्मरक्षा तथा प्रतिकार तालिम प्रदान गरिएको छ । हेल्पिङ हेन्डस दाङले विहीवार तुलसीपुरमा झन्डै तीन सय जति विभिन्न कलेजहरुमा अध्यनरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको हेन्सडसका जिल्ला सचिव राज आचार्यले जानकारी दिए । किशोरी क्षमतावान र सक्षम नहुँदासम्म हिंसा नरोकिने हुँदा उनीहरुमा विश्वासको जागृत गराउन तालिम दिएको प्रशिक्षक निरज न्यौंपानेले बताए ।
जागृति बाल तथा युवा सरोकार नेपाल, गल्र्स किकले राष्ट्रिय यु्वा परिषद, एस.डि.जी स्टुडियो र हेल्पिङ हेन्डस दाङको सहकार्यमा तुलसीपुरको अरनिको मैदानमा तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक सालिकराम गौतमले जानकारी दिए । मार्सल आर्टका खेलाडी निकेश तामाङले किशोरीहरुलाई अप्ठेरो अबस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्ने वारे तालिम दिएका थिए ।
तालिम पाउँदा किशोरी उत्साहित
दाङको तुलसीपुर स्थित गोरखा उच्चमाविमा विए दृतिय बर्षमा अध्यनरत सुप्रिया वलीमा तालिम पछि नयाँ विश्वास जागृत भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी वलीले व्यस्त बजार, कक्षा कोठा, सार्वजनिक यातायात लगाएत अन्य धेरै स्थानमा कसैले हिंसागर्न खोजे कसरी जोगिन भन्ने आत्मवल बढेको प्रतित्रिया दिइन ।
तुलसीपुरकै ग्रेट अरनिको माविमा कक्षा ११ मा अध्यनरत तुलसीपुर १२ निवासी मिना आचार्यले पनि तालिम पछि परि आएको खण्डमा आत्मरक्षाको लागि केही गर्न सक्छु भन्ने हौसला मिलेको विश्वास व्यक्त गरिन ।
त्यस्तै रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ६ गजुल घर भइ हाल तुलसीपुरको सिआईएमएस टेक्निकल कलेजमा अध्यनरत सिता थापाले किशोरी माथि हिंसागर्नेहरुलाई कसरी प्रतिकार गर्न सकिन्छ भन्ने वारे जानकारी पाउँदा खुसी लागेको धारणा राखिन ।
तुलसीपुर १२ उरहरी घर भई तुलसीपुुरको ज्ञानज्योति उच्चमाविमा कक्षा १२ मा अध्यनरत कविता घर्तीलाई विहीवारको तालिम पछि अब आत्मरक्षा गर्न सक्छु भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिइन । तर उनले यस्तो तालिमहरु एक पटक मात्रै दिएर नपुग्ने हुँदा पटक÷पटक आयोजना गरिनुपर्ने माग गरिन ।
हेर्नुहोस भिडियो