२०८३ असार २८ गते आइतवार

पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति

काठमाण्डौ,चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छिन ।

पालिका चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको चैत १७ गतको राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २४ गतेको प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *