शरद रेग्मी,
तुलसीपुर, माघ १५ ।
दाङ तुलसीपुर निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रोमहर्ष भण्डारीले जीवन बचाइ दिनका लागि सबैसंग सहयोगको याचना गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गैं निवासी ६० वर्षीय भण्डारी विगत ५ वर्षदेखि क्यान्सर रोग बाट पीडित छन् । राजनीति संगै विभिन्न सामाजिकि कार्यमा आवद्ध भण्डारी २०७१ सालदेखि ढाडको नसा च्यापिएर पिडित छन् ।
आर्थिक अभावका कारण उपचार समेत रोकीने अवस्था सिर्जना भएपछि मगंलवार रिपोर्टस क्लव दाङमा पत्रकार सम्मेलन गरि उनले आर्थिक सहयोगको याचना गरेका हुन ।
काठमान्डौं र भारतको विभिन्न अस्पतालमा उपचार गर्दा हालसम्म ६ लाख बढी खर्च भइसकेको जानकारी दिएका भण्डारीले हाल दैनिकी १ हजार बराबरको औषधी खानुपर्ने बाध्यता रहेको बताए । ‘डाक्टरले ब्लड क्यान्सरको सकेंत देखिएको बताएका छन् र नेपाल बाहिर जानुपर्छ भन्छन्,’ भण्डारीले भने ‘त्यसका लागि ४० लाख भारु रकम लाग्ने भन्छन्,तर म संग त्यो हैसियत छैन ।’ मानविय नाताले विभिन्न व्यक्तिले सहयोग गरेमा आफ्नो जीवन बाँच्ने सक्ने भएको हुँदा आफु बाध्य भएर सहयोगको लागि याचना गर्न आएको उनले बताए ।
हालसम्म विभिन्न संघ संस्थाको सहयोगमा २ लाख रकम संकलन भएको उनले बताए । भण्डारी मावी सेन्टर तुलसीपुरका पुर्व व्यवस्थापन समितिका अध्यक्ष हुन भने हाल उनी अ्रबुद रोग निवारण सघंका जिल्ला अध्यक्ष हुन । उनले सहयोग गर्न चाहाने व्यक्तिले एभरेष्ट बैंक लिमिटेड तुलसीपुरको खाता नं ०३३००५०११२०९९९२,सिभिल बैकं न.०४४१०१६७८९१०१, बैक अफ काठमान्डौंको खाता नं. ०५१९००००२५०६५२४ र मोवाइल नं ९८४७८३१२३२ मा सम्पर्क गर्न आग्रह पनि गरेका छन् ।
त्यसक्रममा मावि सेन्टर तुलसीपुरका प्रध्यानाध्यापक भागवत पौडल लगाएत विद्यालय परिवारले भण्डारीको जिवन रक्षाका लागि ३५ हजार ७ सय ५० रुपंया सहयोग गरेका छन् । त्यस्तै पुर्व सासंद बुद्धिराम भण्डारी,राप्ती अञ्चल वस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल,तुलसीपुर उद्योग वाणिज्य सघका पुर्व अध्यक्ष बिमल रिजाल लगाएतले समाज सेवी भण्डारीको जीवन रक्षाका सबैलाई सहयोग गर्न आग्रह गर्दै आफुहरुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
यसैबीच मंगलवार तुलसीपुर ११ नवलपुर घोडाडवरामा १२ हजार ७ सय ७५ रुपैंया सहयोग स्वरुप प्रदान गरिएको छ । स्थानीय विरवहादुर बस्नेको अध्यक्षतामा उक्त रकम हस्तान्तरण गरिएको हो । घोडाडवरा घर भइ रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका युवा युवतीले विदेशवाट पठाएको रकम भण्डारीलाई हस्तान्तरण गरिएको हो । उनीहरुले थप रकम सहयोगको प्रतिवद्धता समेत जाहेर गरेको भण्डारीले बताए ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नं १४ का रोमहर्ष चौधरीले पनि जीवन रक्षाको लागि िसहयोगको याचना गरेका छन् । चौधरी हाल भरतपुरस्थित क्यान्सर अस्पतामा उपचार छन् । न्युन आय स्रोत भएका चौधरीले आफुसंग थप उपचार गर्न रकम नभएको हुँदा सहयोगको लागि सबैसंग याचना गरेका हुन ।
चौधरीका बुबा तिलकराम चाधरी र भाई दुर्गाबहादुर चौधरीले रिपोर्टस क्लव पत्रकार सम्मेलन गरि सहयोगको याचना गरेका हुन ।