२०८२ असार ९ गते मङ्गलवार

रिहारमा बस र ट्रक ठोक्किदा २५ जना घाइते

शिवु खनाल,
रिहार, माघ १५ ।
दाङको लमहीमा सवारी दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा नेपालगंजबाट घोराहीतर्फ जादैँ गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक एकआपसमा ठोक्किदा २५ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बस चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय सन्तोष विक र ट्रक चालक बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय रामसिंह पन्त गम्भीर घाइते भएको रिहार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर नेपालीले जानकारी दिए ।

अन्य सबै बसमा सवार अन्य यात्रु र एकजना ट्रकका सहचालक घाइते भएका छन् । घाइतेहरुको नेपालगंज, कोहलपुर र लमही अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति र घुमाउरो मोडका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । रिहार क्षेत्रमा केही दिन यता निरन्तरजस्तो दुर्घटना हुँदै आएको छ ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *