२०८१ चैत्र १२ गते मङ्गलवार

संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण नयाँ वर्षमा प्रदान गरिँदै 

काठमाण्डौ,चैत २२ । संविधान दिवसका अवसरमा असोज ३ गते घोषणा गरिएका विभूषण आउँदो वैशाख १ गते प्रदान गरिने भएको छ ।

संविधान दिवसका दिन नौ सय तीन जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण वितरण गरिएको थिएन ।

वैशाख १ गते राष्ट्रपति निवास शितलनिवासमा समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

घोषित विभूषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *