२०७७ कार्तिक १४ गते शुक्रवार

दाङमा पुर्व प्रहरी परिवारको युवा संगठन निर्माण

दाङ, माघ १५ । दाङ जिल्लामा रहेका पुर्व प्रहरीका सन्तानहरुको भेलाले नेपाल पुर्व प्रहरी परिवार युवा संगठन गठन गरेका छन । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति दाङको संरक्षकत्वमा गठन भएको नेपाल पुर्व प्रहरी परिवार युवा संगठनको अध्यक्षमा रमेश थापालाई चयन गरिएको छ ।

उपाध्यक्षमा धुर्व केसी, सचिवमा नवीन अभिलाषी, सहसचिवमा विन्दु सुबेदी पाण्डे र कोषाध्यक्षमा ममता विष्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उर्मिला बस्नेत, उर्मिला पुन, ऋषि पोख्रेल, सुनमाया बस्नेत, पुष्पा पुन र सन्दीप थापा छन् ।
त्यस्तै संगठनको सल्लाहकार समितिमा समेत चयन गरिएको छ । जस्को सल्लाहकार सदस्यमा रोबरबहादुर बस्नेत, किरण पोख्रेल, अमृत रावत, निर्मला थापा र उषा सुबेदी रहेका छन् । पुर्व प्रहरी संगठन जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षतामा भएको भेलाका बक्ताहरुले संगठन आफ्नो हक अधिकार प्राप्तीका लागि मात्रै नभएर सामाजिक कार्यमा समेत काम गर्नुपर्ने सुझाएका छन् ।

कार्यक्रममा प्रर्व प्रहरी निरिक्षक किरण पोख्रेल, अमर प्रहरी परिवार संगठनका अध्यक्ष निर्मला थापा, डा. सुरेश बस्नेत, धु्रव केसी, ममता विष्ट लगाएतले मनतब्य व्यक्त गरेका थिए । रमेश थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नवीन अभिलाषीले गरेका हुन ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *