२०८१ बैशाख ४ गते मङ्गलवार

वडा अध्यक्षद्धारा विद्यालयको अनुगमन

कपिलमणि लामिछाने,
विजौरी,माघ १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले विद्यालयमा पुगेर कक्षा अवलोकन गरेका छन् । मंगलवार बेलझुण्डीमा रहेको आधारभुत बिद्यालयको शैक्षिक अबस्था र शैक्षिक गुणस्तरका बारेमा अबलोकन गरेका हुन ।

तुलसीपुरको वडा नं १८ भित्र रहेका बिद्यालयमा के कस्तो किसिमले पढाई भइरहेको छ र कति शिक्षकहरुको उपस्थिति हुन्छ ? त्यो जान्ने उदेश्यले विद्यालय अनुगमनमा पुगेको अध्यक्ष वलीले बताए ।

उनले त्यसक्रममा हाजिर रजिस्टर चेक गर्नुका साथै हाजिर नगरेका शिक्षकहरुको रातो लगाएर हाजिर रद्द गरिदिएका थिए । त्यस्तै उनले कक्षा ७ का बिद्यार्थीलाई कम्प्युटर बिषय पढाए ।

अध्यक्ष वलीले गुणस्तरमा अझै बृद्धि गर्न शिक्षकले नियमित रुपमा कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् ।

वडा अध्यक्ष वलीले प्रत्येक हप्ता वडा भित्र रहेका बिभिन्न बिद्यालयमा अनुगमनका लागि पुग्ने गरेका छन् । आधारभुत बिद्यालयकी सहायक प्रधानाध्यापक दुर्गा रिजालले अनुगमनले शिक्षक नियमित बिद्यालय आउने र विद्यार्थी पनि सजग बन्ने बताइन ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *