२०८२ जेष्ठ ११ गते शुक्रवार

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पल शाह

काठमाण्डौ,चैत १५ । अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन्।

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए। रिट मार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन्।

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन्।

नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी परेपछि तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *