दाङ,चैत १५ । दाङमा म्यादी प्रहरीको छनोट परीक्षा आज मंगलबारदेखि शुरु भएको छ ।
जिल्लामा म्यादी प्रहरीका लागि १६ सय जनाको माग गरिएकोमा सात हजार छ सय ६३ जनाले आवेदन दिएका छन् ।
जसमध्ये २ हजार २सय १ जना महिला र ५ हजार ४ सय ६२ जना पुरुषले आवेदन दिएका हुन् ।
छनौट परीक्षा तीन सिफ्टमा संचालन हुने छ ।
मंगलबार १५ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म छनौट परीक्षा हुने बताइएको छ ।
परीक्षा नेपाल पुलिस स्कूल घोराहीमा हुदैछ । आगामी बैशाख ३० गते स्थानीय तह चुनाव हुदैछ ।
प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
