२०७७ कार्तिक ११ गते मङ्गलवार

पूर्वयुवराज पारस शाहलाई हृदयघात

माघ १४ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालले जनाए अनुसार उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ। स्रोतका अनुसार उनलाई मेजर हार्टअट्याक भएको हो। उनलाई आइसियुमा राखेर उपचार गरिँदै छ।

उनको स्वास्थ्य अवस्थाबारे अहिलेनै केही भन्ने स्थिति नरहेको अस्पतालले जनाएको छ। केही वर्षअगाडि पनि उनलाई हृदयघात भएर नर्भिक अस्पतालमै उपचार गरिएको थियो।

आजै मात्र उनले ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका थिए। उनले मन्दिर परिसरमा करिब डेढ घण्टा बिताएका थिए।

प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *