२०८१ फाल्गुन ७ गते बुधवार

फागुन १५ गतेसम्म धारा वितरणको आवेदन खोल्न निर्देशन

दाङ, माघ १४ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई फागुन १५ गतेसम्म नयाँ धारा वितरणको आवेदन खोल्न निर्देशन दिएको छ ।

नगर कार्यपालिकाको ५१औं वैठकले धारा नखोलेको लामो समय भएको भन्दै उपभोक्ताहरुको समस्यालाई सम्वोधन गर्नका लागि त्यस्तो निर्णय गरेको हो । स्थानीय तहले स्थानीय सरकारका रुपमा संघसंस्थाहरुलाई विभिन्न निर्देशन दिन सक्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख गरि बमोजिम नै खानेपानीलाई तत्काल धारा वितरणको लागि निर्देशन दिइएको मेयर घनश्याम पाण्डेले जानकारी दिए । ‘जन गगुणासो व्यापक बढ्यो, त्यसैको आधारमा स्थानीय सरकाले तत्काल धारा वितरणको आवेदन खोल्न निर्देशन दिएको हो,’ मेयर पोण्डेले भने । आदेश पालना नगरे स्थानीय सरकाले थप कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए । तुलसीपुर खानेपानीले लामो समय सम्म धारा नखोल्दा खानेपानी संस्थानको कार्यशैली प्रति नै प्रश्न चिन्ह खडा भएको घनश्याम पाण्डेले बताए ।

नगरप्रमुख पाण्डेको अध्यक्षतामा वसेको वैठकले उपमहानगरपालिका भित्रका अन्य खानेपानी संस्थालाई पनि नयाँ स्रोत पहिचान गरी धारा खोल्न आग्रह गरेको छ । त्यस्तै बैठकले वार्षिक र लेखा परिक्षण प्रतिवेदन वुझाउनका लागि निर्देशन दिने निर्णय पनि गरेको मेयर पाण्डेले जानकारी दिए ।

बैठकले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति लगायतका अन्य खानेपानी संस्थाहरुले लामो समयसम्म धारा नखोल्दा नगरवासीको व्यापक गुणासो हुँदा त्यसमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेको छ ।

त्यस्तै वैठकले फागुन १५ गतेसम्म धारा खोल्नका लागि आवेदन माग गर्न र प्रतिवेदनहरु पनि पेश गर्न समय सीमा तोकेको प्रबक्ता श्याम डाँगीले जानकारी दिए । उनले तुलसीपुर नयाँ वसपार्कमा खोला र सडक ओगटेर निर्माण गरिएका पक्की घर भत्काउन सूचना प्रकाशित गर्ने र अटेर गरे उपमहानगरपालिकाले भत्काउने समेत निर्णय भएको बताए ।

प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *