२०८१ चैत्र १२ गते मङ्गलवार

प्रमोद बस्नेतले आफ्नो घर काँग्रेस कार्यालय प्रयोजनका लागि निशुल्क दिए

३५ जना काँग्रेसमा प्रबेश



तुलसीपुर, चैत १४ । नेपाली काँग्रेसका क्षत्रीय प्रतिनिधि तथा युवा नेता प्रमोद बस्नेले आफ्नो नीजि भवन पार्टी कार्यालय प्रयोजनका लागि प्रदान गरेका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. ६ तिल्वारी स्थित पक्की ५ कोठे भवन काँग्रेसको नयाँ पार्टी कार्यालय स्थापना नहुँदासम्म निशुल्क रुपमा पार्टी सम्पर्क कार्यालय स्थापनाका लागि प्रदान गरेको नेता बस्नेतले जानकारी दिए ।

‘ पार्टी कार्यालय नहुँदा समस्या भइरहेको थियो,’ नेता बस्नेतले भने ‘निर्वाचनको समयमा पार्टी गतिबिधि संचालन गर्न सहज होस भन्ने उदेश्यले मैले घर पार्टी सम्पर्क कार्यालय स्थापना गर्न निशुल्क प्रदान गरेको हुँ ।’

बस्नेत शान्तिनगर गाउँपालिकको अध्यक्ष पदका आकाँँक्षी पनि हुन ।
पार्टी सम्पर्क कार्यालय भवनको आइतबार नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डाँगीले नेपाली काँग्रेसले नेतृत्व नगर्दा मुलुकले हार्ने, बिकाश निर्माण र मुलुकको शान्ति खलबलिने तथ्य सबैले बुझिसेकेको हुँदा काँग्रेसको पक्षमा आगामी र्विाचनमा सुबिधा जनक बहुमत प्राप्त हुने दाबी गरे ।

कार्यक्रमका बिशिष्ट अतिथिहरु नेता केशब आचार्य र निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वलीले ‘गाउँ गाउँ जाउ काँग्रेस जिताउ’ अभियानले पार्टीमा उर्जा पैदा भएको बताए ।

त्यसक्रममा बिभिन्न पार्टी परित्याग गरि ३५ जना नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।
पूर्व माओबादी लडाकु सुनिता चौधरी, नेकपा एमालेका युवा नेता उमेश केसी लगाएतका युवा नेता प्रमोद बस्नेतकै पहलमा काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।

काँग्रेस वडा इकाइ सभापति एकराज वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *