२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा राजा बीरेन्द्रको शालिक केही दिन भित्रै स्थापना गरिदै

दाङ, चैत १३ । तुलसीपुरमा आज स्थापना गर्ने भनिएको राजा बीरेन्द्रको शालिक स्थापना कार्य रोकिएको छ ।
अबको केही दिन भित्रै शालिक स्थापना गरिने भएको छ ।
एक जनप्रतिनिधिका अनुसार रकभर निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै शाकिल स्थापना गर्ने लक्ष्य राखिएको छ ।

तत्कालिन बिद्रोही शक्ति माओबादीले २०६२/०६३ को आन्दोलनको समयमा तुलसीपुरको बीरेन्द्र चोकमा रहेको राजा बीरेन्द्रको शालिक तोडफोड गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले आफ्नो कार्यकाल सकिनै लाग्दा राजा बीरेन्द्रको शालिक स्थापना गर्ने तयारी गरिरहेका छन् ।

वडाध्यक्ष शाह लगाएतका उनका साथीहरुको ब्यक्तिगत लगानीमा काठमाडौंमा शालिक निर्माण गरिएको स्रोतले बताएको छ । पहिले पूर्ण कदको शालिक भएपनि अहिले भने अर्ध कदको शालिक निर्माण गरि स्थापना गरिने भएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहकै नेतृत्वमा २०७५ सालमै शालिक रहेको ठाउँको मर्मतको काम भएको थियो ।
त्यसपूर्व नै वडाध्यक्ष फोडिएको राजा बीरेन्द्रको शालिक पुनः स्थापना गर्ने घोषण गरि सकेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *