२०८१ फाल्गुन २ गते शुक्रवार

ललाई फकाई विहे गराएको आरोपमा दुईजना पक्राउ

दाङ, माघ १२ । ललाई फकाई विहे गराएको अभियोगमा दाङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ४० बर्षीया कमली चौधरी र सोही ठाउँकै २२ बर्षीय गणेश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

माघ १० गतेका दिन घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुर स्थित आफ्नै मामा घरमा गएको समयमा नामालिकालाई विभिन्न प्रलोभनमा पारी विहे गराएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । पीडित बालिकाले माघ ११ गतेदिएको दिएको जाहेरीका आधारमा चौधरी द्धयलाई घोराहीको वडा नं. १२ बाट पक्राउ गरि बालविवाह शिर्षक अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *