दाङ, माघ १२ । दाङका निर्माण व्यवसायीलाई अधिवेनको चटारो रहेको छ । तीन बर्ष कार्यकालको लागि नयाँ नेतृत्व चुन्न सोमवार दिउँसो निर्वाचन हुने भएको छ । यद्यपी सर्वसहमती बाट नेतृत्व चुन्ने प्रयास भने जारी रहेको बताइएको छ । त्यसका लागि सोमवार विहान ७ बजेदेखि ९ बजेसम्म मनोनयन दर्तागर्ने समय तोकिएको छ ।
त्यस्तै दिउँसो १ बजेदेखि ३ बजेसम्म मतदानको लागि समय छुट्याइएको छ । दाङ निर्माण व्यवसायी संघमा कुल १ सय ४२ मतदाता छन् । तर त्यसमध्य ४ जना विदेशमा रहेको हुँदा कुल मतदाता संख्या १ सय ३८ मात्रै रहेको आफुलाई एकजना भाईटल पोष्टका प्रत्यासी बताउने सुर्दशन श्रेष्ठले फरक कोणलाई जानकारी दिए । निर्माण व्यवसायीको अधिवेशनका लागि प्रदेश नेतृत्वदेखि जिल्ला र आसपासका व्यवसायी जिल्लामा केन्द्रित भएका छन् ।
प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार