२०७७ कार्तिक ४ गते मङ्गलवार

दुर्घटना न्यूनिकरण बारे अभिमुखिकरण

शालिकराम मुसाफिर,
तुलसीपुर, १३ माघ । बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरणका लागि सचेतना प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा अभिमुखिकरण कार्यक्रम गरिएको छ । यहाँ गठित टोल विकास संस्था र स्थानीयका लागि एक दिने दुर्घटना न्यूनिकरण सम्बन्धि अभिमुकरण कार्यक्रम शनिबार गरिएको हो ।

तुलसीपुर १६ का वडा अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ट्राफिक नियमका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका उपाय, सवारी चालक तथा पैदल यात्रुले अपाउँनु पर्ने सावधानी, जेब्रा क्रसिङ लगायतका विषयमा श्रव्यदृष्यको माध्यमबाट प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा हेमन्पुर प्रहरी चौकीका प्रमुख ओमबहादुर गिरी, अस्थायी ट्राफिक पोष्ट बिजौरीका प्रमुख प्रविणनाथ योगी, ट्राफिक जवान शरद केसीले प्रशिक्षण दिएका हुन । कार्यक्रममा चारओटा टोल विकास संस्थाका करीब दुई सय जना स्थानीयको सहभागीता थियो ।

 

 

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *