तुलसीपुर, चैत ५ । तुलसीपुरको होटेलमा जुवा खेली रहेको अवस्थामा शनिबार सात जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपर – ६ का ३० बर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर – १२ का २९ बर्षीय टोपेन्द्र बुढा मगर, तुलसीपुर – ७ का ३७ बर्षीय राजेश श्रेष्ठ, तुलसीपर– ५ का ३० बर्षीय साहिद राई, २४ बर्षीय राज खान, ३४ बर्षीय ईश्वरी खान र बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का २४ बर्षीय सलमान साह पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कस्थित ग्रिन भ्याली होटेलबाट ७८ हजार बढी रकमसहित उनीहरुलाई पक्राउ परेका गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालको कमाण्डमा गएको प्रहरी टोलीले शनिबार दिउँसो होटेलको तेस्रो तलाबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार