२०८१ फाल्गुन ६ गते मङ्गलवार

पोल ढलेर तार चुँडिएपछि रोल्पाका दुई गाउँपालिकामा विद्युत अवरुद्ध

फाइल फोटो

शंकर के सी,
सल्यान, माघ १३ । वर्षा, हिमपात र हावाहुरीले विद्युत पोल ढलेपछि रोल्पाका दुई गाउँपालिकामा विद्युत अवरुद्ध भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका र गंगादेव गाउँपालिकामा शुक्रबार देखि विजुली वत्ती बल्न छाडेको हो । हावाहुरिले ठाउँठाउँमा विद्युत पोल ढलेको तथा तार चुँडीएको कारण विद्युत अवरुद्ध बन्न पुगेको त्यहाँबाट विरेन्द्र प्रकाश ओलीले जानकारी दिएका छन् ।

६० किलोवाट क्षमताको कुन्पा साँघुराखोला लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत गंगादेव र परिवर्तन गाउँपालिकावासिले उपयोग गर्दै आएका छन् । यहि विद्युत लाइनमा समस्या आएपछि दुई गाउँपालिका अन्धकारमय बनेका हुन् । यस क्षेत्रका वासिन्दाले सौर्य उर्जा प्रयोग नगरि विद्युतकै भरमा बस्दै आएका थिए ।

जस कारण विद्युत अवरुद्ध हुँदा मोवाइल चार्ज देखि कुटान पिसान, विद्यालयको पठनपाठनमा समस्या आएको स्थानीयले जनाएका छन् । लघुविद्युत आयोजनाले विद्युत मर्मतका लागी दुई तीन दिन लाग्ने जनाएको छ । विद्युत अवरुद्ध भएपछि रोल्पामा फोनले समेत काम गर्न छाडेको छ । विद्युत अभावमा रोल्पा राँक स्थीत रातामाटामा रहेको रिपिटर टावरले काम गर्न छाड्दा नमस्ते, स्काई फोन सेवा अवरुद्ध भएको छ । एनसेल फोनले पनि प्रैभावकारि काम नगरेको स्थानीय वासिन्दा बताउँछन् ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *