शिवु खनाल,
देउखुरी, १२ माघ ।
मदिरा सेवन गरि अराजक गतिविधि गरेको अभियोगमा प्रहरीले आठ जना युवालाई पक्राउ गरेको छ ।देउखुरीमा जारी व्यापारीक महोत्सवमा ५औं दिन मदिरा सेवन गरी होहल्ला गर्ने तथा कुटपिटमा उत्रिएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मदिरा सेवन गरेर महोत्सव भित्र प्रवेश गरेर मनपरी बोलेको, अरुलाई गालिगलौज र कुटपिट समेत गरेको हुँदा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । तर पक्राउ गरिएका युवाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार