२०८१ बैशाख ६ गते बिहिवार

महिला भलिबलको उपाधी दङिशरणलाई

लक्ष्मण बस्नेत,
दाङ, माघ १२ । दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को महिला तर्फको उपाधी दङिशरण गाउँपालिकाले चुमेको छ ।

तुलसिपुर उपमहानगरपालिकाका को आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिकालाई २५-२१,२५-१८ र २५-२० अर्थात ( ३-०) को सोझो सेटमा पराजित गर्दै दङिशरण गाउँपालिकाले महिला तर्फको उपाधी उचालेको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको फाइनल खेलमा शसक्त र शानदार प्रदर्शन गरेको दङिशरणले उपाधी सगै नगद ७५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै फाईनलमा पराजित शान्तिनगर उपविजेतामा जित्त बुझाउदै नगद ५० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो भने बबई गाउपालिकाले तृतिय स्थान हात पार्दै नगद ३० हजार ट्रफी,मेडल,प्रमाणपत्र हात पार्‍यो । बिजेता टिमलाई आईतवार हुने प्रतियोगिता समापन समारोहमा पुरस्कार प्रदान गरिनेछ । यसैबिच प्रतियोगिता अन्तरगत आईतवार पुरुष तर्फको फाईनल खेल बिहान ११ बजे हुनेछ ।

फाईनलमा आयोजक तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँ बिच उपाधिकाका भिड्न्त हुनेछ । सनिवार सम्पन्न सेमिफाइनलमा राजपुर गाउँपालिका लाइ २-० को सोझो सेटमा पराजित गर्दै आयोजक तुलसिपुर उपमहानगरपालिकाले फाइनल यात्रा तय गरेको हो भने घोराही उपमहानगरपालिका लाई २-० को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिकाले उपाधी भिड्न्तमा तुलसिपुर सगको भेट पक्का गरेको प्रतियोगिताका प्रचारप्रसार सयोजक लक्ष्मण बस्नेतले जानकारी दिएका छ्न ।

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *