२०८३ असार २७ गते शनिवार

घोराहीमा डढेलो नियन्त्रण बारे अन्तरक्रिया

घोराही, चैत ३ । डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा ब्यवस्थापन सम्वन्धि अन्तरक्रिया गरेको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको सभापतित्व एंव घोराही उपमहागरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहन श्रेष्ठले जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रणका लागि कार्यालयले थालेको तत्कालिन र दिर्घकालिन योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस कार्यपत्रमा वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार मूलक कार्याक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा दिने, अग्निरखा निर्माण र मर्मत लगायतका कार्यक्रम गर्ने कुरा उल्लेख छ ।

वन डढेलो लगानु हुन्न भन्ने जनचेतनाको अभाव, वनमा च्याउ, जडिवुटी र अन्य पालुवा उमार्नका लागि आगो लगाउनु, चोरी सिकारीका लागि जनावरणलाई छेक्न र वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्न नसक्दा र वन पैदावारको ब्यवस्थापन हुन नसक्दा वन डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताए ।

सामुदायिक वनमा उपभोक्ता समूहले बैज्ञानिक वन ब्यस्थापन खारेजीका कारण र आफ्नो वनको कार्ययोजना समयमा बन्न नसक्दा वनमा काम गर्न सुकेका काठ, पातपतिङगर अस्तब्यस्त रुपमा रहने र त्यसको ब्यवस्थापनका लागि काम नगर्दा वन डढेलोको जोखिम बढेको उनले तर्क गरे ।

जिल्लाका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा छन ।
बिहिवारको अन्र्तक्रिया कार्यक्रममा ४६ वटा सामुदायिक वनका प्रतिनिधि उपस्थित थिए ।

पछिल्लो ९ बर्षमा दाङको ६ सय १४ स्थानमा आगलागी हुदा करिव ४३ हजार वन क्षेत्रमा क्षसत पुगेको डिभिजन कार्यालयको रेकर्ड छ ।

   कार्यक्रमका प्रमुख अतिथि घोराहीका मेयर नरुलाल चोधरीले  साझा प्रयासबाट मात्रै वन डढेलो नियन्त्रण सम्भव रहेको बताए । 

घोराहीमा निर्मित बहुउपयोगि बन्नै गरेको पोखरी र ताल बनाउने कार्यक्रमलाई कार्यालयले समेत अघी बढाउनुपर्नेमा उनको जोड थियो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सवै जना मिलेर वन डढेलो लाग्नै नदिन र लागिहाले त्यसको नियन्त्रणका लागि सबै जुट्नुपर्ने बताए ।

दाङका प्रहरी प्रमुख एसपी सुरेन्द्र काफ्लेले आगो नियन्त्रणका लागि प्रर्याप्त स्रोत साधनको उपलब्धता नहुनु र आगो लागि हाले त्यसको नियन्त्रण सुरक्षाकर्मीले मात्रै गर्नु पर्छ भन्ने मानसीकताका कारण समस्या देखिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्यक्ष कमलराज पोखरेलले धेरै सामुदायिक वन समूहका कार्ययोजना समयमा नबनाइदा उपभोक्ता निष्कृय बनेको हुदा वन डढेलो लगायतका कार्य बढेर जाने खतरा औंल्याए ।

त्यसक्रममा तीन वटै सुरक्षा निकायलाई अग्निी नियन्त्रण सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजीकरण दाङमा वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *