२०८१ बैशाख ७ गते शुक्रवार

दुई महिनाको तलब विद्यालयलाई


तुलसीपुर, ११ माघ ।
प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले दाङको विकासका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा माविमा जारी शैक्षिक तथा धार्मिक महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अश्वारा माध्यमिक विद्यालयलाई दुई महिनाको तलबसमेत दान गरेका छन् । दुई महिनामा हुन आउने १ लाख १० हजार ४ सय रुपैयाँ दान गर्दै विद्यालयलाई ब्यवस्थित गर्न आफू प्रतिवद्ध रहेको बताए ।

सांसद केसीले चुनावमा जनता सामू गरेका प्रतिवद्धता पूरा गर्ने बताए । आफू निर्वाचित भएपश्चात् आफ्नो तलब भत्ता विकासमा खर्चिने बताएका सांसद केसीले पश्चिमको शिवसुन्दरपुर विद्यालयलाई एक महिनाको तलब भत्ता सहयोग गरेकोसमेत बताए । यस्तै, तुलसीपुर १५ मा शहिद पार्क निर्माणका लागि गर्न एक महिनाको तलब भत्ता सहयोग गर्ने उनले जानकारी दिएका छन् ।

यसैबीच महोत्सवमा शुक्रबार ७ लाख ९२ हजार रुपैयाँ दान संकलन भएको आयोजकले बताएको छ । शुक्रबार अश्वारा निवासी टेकनाथ योगीले ५३ हजार ५ सय ५५, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहले ५१ हजार १ सय ५१, सिर्जना टोल विकास संस्थाले ५१ हजार ५ रुपैयाँ दान गरेको जनाइएको छ । शुक्रबार समापन हुने भनिएको शैक्षिक महोत्सवको शनिबार समापन हुने आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *