२०८१ बैशाख ७ गते शुक्रवार

गाडीको व्याट्री चोर्ने गिरोहको बिगबिगी

दाङ, माघ १२ ।
दाङको नारायणपुर क्षेत्रमा चोरीका घटनाहरु बढ्न थालेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर लगायत वडा नम्बर ११ को खैरा क्षेत्रमा गाडीको ब्याट्री एवं पसलहरुमा चोरीका घटना बढेका छन् ।

करिब एक महिना अगाडी घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरा चोक नजिकै घरअगाडी पार्किङ गरि राखेको दुई वटा ट्याक्टरको ब्याट्री चोरी भएको भयो । त्यस्तै घोराही ११ हापुर खोलमा रहेको क्रशर उद्योगबाट पनि ब्याट्री चोरी भयो । त्यसपछि प्रहरीले उनुसन्धानको क्रममा ब्याट्रीसहित २ जनालाई पक्राउ गरेको छ ।

जनता वर्कशप खैराका मोहमद इर्सादसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको र उनीहरुको साथबाट १२ भोल्टको चोरीको व्याट्रीपनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । चोरीको व्याट्री राख्ने रा १ ख ६७५ नम्बरको बसका स्टापलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ईप्रका नारायणपुरका प्रमुख प्रहरी नायव निरिक्षक भिमबहादुर सुनारले पछिल्लो समय दुधरास क्षेत्रमा बढी मात्रामा ट्याक्टरको ब्याट्री चोरी भएको जानकारी दिए । करिब २ महिनाको अवधीमा नारायणपुर, दुधरास र खैरा क्षेत्रमा ९ वटा गाडीको ब्याट्री चोरी भएको सुनारले बताए ।

गाडी बाट ब्याट्री चोरीका घटना बढेपछि अनुुसन्धान गर्दा ब्याट्रीसहित २ जनालाई पक्राउ गरेपछि अरुको पनि नाम खुलेको प्रहरीले बताएको छ । प्रमुख सुनारले भने–‘पक्राउ परेकाहरुले सुशील निउरे र दिनेश खड्का नामका दुईजनाले व्याट्री ल्याएर दिएको वयान गरेका छन्।’ त्यही आधारमा उनीहरु दुबै जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । तर उनीहरु दुबैजना फरार रहेको प्रमुख सुनारले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *