२०८१ बैशाख ७ गते शुक्रवार

१० वर्षीय सम्भबले अनाथ विद्यार्थीहरुलाई सहयोग गरे

माघ ११ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १० बर्षिय बालक सम्भव शाहले आफ्नो जन्म दिन अनाथ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेर मनाएका छन् । उनले आज घोराही पर्सामा रहेको शान्ति बाल गृहमा रहेका अनाथ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्री सहयोग गरेका हुन् ।

सम्भवका बुवा सरोज शाहका अनुसार जन्मदिनलाई सहयोग प्रदान गर्ने अवसरका रुपमा छोराको जन्म दिन मनाउन पाउँदा खुशी ब्यक्त गरे ।

सरोजका अनुसार त्यहाँका रहेका २९ जना बालबालीकाहरुलाई कपी, कलम लगाएत शैक्षिक सामाग्री र खेलकुदका सामानहरु भलिबल, ब्याडमिन्टन लगाएतका खेल सामाग्री पनि वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *