रोशनी मल्ल,दाङ,फागुन २८ । विद्युतीय व्यवसायी संघ लुम्बिनी प्रदेश नेपालको दोश्रो साधारणसभा देउखुरीको लमही दाङमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षता तथा लमही नगरपालिकाको नगर प्रमुख कुलबहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बोल्दै के.सी.ले विद्युत व्यवसायका माध्यमबाट राष्ट्रलाई समृद्ध बनाउनमा अग्रसर हुन आग्रह गरेका छन ।
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डेय, नेपाल विद्युतीय व्यवसायी लुम्बिनी प्रदेश संयोजक नन्दलाल ढकाल , लमही नगरपालिका वडा नम्बर ५का अध्यक्ष विम बहादुर के.सी. देउखुरी उ.वा.संघका उपाध्यक्ष केशवराज पोख्रेल, काठमाडौं विद्युत व्यवसायी संघका सरोज रेग्मी, दाङ विद्युतिय व्यवसायी संघका वरिष्ठ सल्लाहकार ऋषिराम गौतम लगायतकाले मन्तव्य व्यक्त गर्दै विद्युत व्यवसायीहरुको सुरक्षा, हितका सम्बन्धमा एकजुट भएर लाग्न आग्रह गरे ।
संघका सदस्य हिमाल आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन बिन्दु काफ्लेले गरेका थिए ।
काठमाडौं विद्युत व्यवसायी संघका सरोज रेग्मीको आर्थिक सहयोगमा लमही, गढवा, घोराही र तुलसीपुरका चार वटा चोकहरुमा १सय ५० वाटका फ्लोड लाईट राखिने भएको छ ।