दिप्तीशिखा चौधरी,
दङ्गीशरण, माघ १० । प्रदेश न. ५ का सांसद उत्तर कुमार वलीले किसानहरु परिवर्तन र संमृद्ध नहुदा सम्म देशको बिकाश नहुने बताएका छन् । कृषिबाटै रुपान्तरीत भएर कृषकहरु आधुनीकीकरण बाट आर्थीक नितीलाई माथी उकास्नुपर्ने सांसद वलीले जोड दिए । दङ्गीशरण गाउँपालिकामा आज बिहीबार सम्पन्न भएको कृषि प्राविधीक तथा उपकरण सम्बन्धी एक दिने अभीमूखीकरण कार्यक्रममा सांसद वलीले यस्तो बताएका हुन् ।
प्रदेश ख भित्रका गाउँहरुलाई स्मार्ट गाउँ बनाउने नीती प्रदेश सरकारले बनाएको भन्दै कृषि स्मार्ट गाउँ बनाउँन किसानहरुले एक बाली हुने जग्गामा चार बाली हुने गरि उत्पादन गरी बजारीकरण गरेर आर्थीक रुपमा बलीयो हुनुपर्ने बताए । उनले भने —“प्रत्यक वडामा पोखरी निर्माण गरेर सिंचीत गराउने गरि प्रदेशबाट बजेट बिनीयोजन गरिएको छ । वडा वडामा सरकार आईसकेकाले कृषकलाई कती प्रतिशत अनुदान दिएको भन्ने बिषयमा कृषकहरु जानकार हुनुपर्छ । यसको साथै कृषकहरु स्वयम अनुदानका सम्बन्धमा राज्य संग समन्वय गर्नुपर्छ ।” साथै उनले कोल्ड स्टोरमा राखेर कृषीलाई प्रबिधीयूक्त बनाउँने प्रदेश सरकारको लक्ष्य रहेको बताए । सो अबसरमा दङ्गीशरण गाउँपालीकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकाको आर्थिक बिकाशसंग जोडीएको पाटो कृषि प्रणाली भएकाले कृषकहरुले आधुनीक प्रबिधीबाट कृषि क्षेत्रलाई फराकिलो बनाउनु पर्ने बताए । कृषिबाट आर्थीक रुपमा बलीयो हुन गाउँपालिकाले बिभीन्न निती तथा कार्यक्रम ल्याउँने बताए ।
कार्यक्रममा सामाजीक विष्लेषक हरिहर न्यौपाने र कृषि पत्रकार गोविन्द शर्माले नेपालको वर्तमान कृषिको अबस्था ,सम्भावना र विकल्प,नेपालको संविधान कृषि,कृषि र भूमिसुधार सम्बन्धि निती, बिना बिजुली र इन्धन बिना पानी तान्ने पापा पम्प,खोला बाट पानी तान्ने फलटिङ्ग पम्प, नाप थोपा सीचाई,थोपा सिचाई के हो र किन चाहिन्छ ? चिस्यान कसरी ब्यबस्थापन हुन्छ ? थोपा सिचाईको प्रयोग ,बाीमा कम्पोष्ट मलको प्रयोग कसरी गर्ने,होम बायो ग्यासको प्रयोग,फलफुललाई ब्यबस्थापन गर्ने कोल्ड स्टोरको प्रयोग, ब्यबसायीक कृषी तथा पशुपंक्षाी कर्जा,शीक्षीत यूवा कर्जा लगाएतका बिषयमा प्राबिधीक उपकरण देखाएर जानकारी गराएका थिए ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा आधुनीक कृषि प्रविधीका लागि एन ए एफ को सहकार्य एंव नाफ सीड्स प्रा ली ललितपुरको सहयोगमा कार्यक्रम भएको हो । गाउँपालीकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एंव सांसद उत्तर कुमार वलीको प्रमूख आतीथ्यता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको बिशीष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका,बबई गाउँपालिका,शान्तीनगर गाउँपालिका र दङ्गीशरण गाउँपालिकाका एक सय भन्दा बढि कृषकहरुको सहभागीता रहेको थियो । पालिकाकाका उपाध्यक्ष पिमा कुमारी खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण कार्यक्रम संयोजक किरण पोख्रेललले गरेका थिए ।