२०८३ भाद्र १२ गते शुक्रवार

स्वतन्त्र पत्रकार संघको स्थापना दिवसमा सरसफाई


दाङ,२४ फागुन । स्वतन्त्र पत्रकार संघ नेपालको ११ औं स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम भएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा आज तुलसीपुरको बसपार्क वरपर सरसफाई गरिएको हो ।

आफ्नो ठाउँलाई आफै सफा राखौ भन्ने उद्देश्यले बसपार्क सरसफाइ गरिएको संघले जनाएको छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष जित सागर जि.एम.ले सार्वजनिक स्थलमा हुने फोहर व्यस्थापनमा कसैको ध्यान नपुगेको भन्दै सचेतना दिनको लागि सरसफाइ कार्यक्रम आयोजना गरेको बताए ।

उनले एक व्यत्ति, एउटा संघ संस्था मात्रै यस्ता काममा लागि राख्नु भन्दा पनि आगामी दिनमा फोहर व्यवस्थापनमा आम नागरिकको ध्यान जाओस भन्ने आसाले सरसफाई कार्यक्रम मार्फत सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष पुरुषोतम अधिकारीले बसपार्क क्षेत्रमा धेरै फोहर हुने भएकाले हप्ता हप्तामा सबै मिलेर सरसफाई गर्न आवश्यक रहेको बताए ।

आफु बस्ने स्थान आफै सफा गर्ने र सरसफाइ सबैका लागि राम्रो कुरा भएकाले बिशेष ध्यान दिन सबैमा आग्रह गरे ।

त्यस अवसरमा नेपाल यातायत स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशवबहादुर भण्डारीले राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे ।

बसपार्क सरसफाइमा एक जना मात्र लागेर सफल नहुने भन्दै उनले आजको कार्यक्रमले सबैमा सकारात्मक सन्देश दिएको बताए ।

स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरको सहकार्यमा भएको कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघ दाङका सचिव बसन्त पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *