तुलसीपुर,फागुन २३ । हिंसामुक्त कार्यस्थल बनाउनका लागि अभियान थाल्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
११२ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मिडिया एड्भोकेसी ग्रुप सोलिडारिटी सेन्टरले सोमवार तुलसीपुरमा आयोजना गरेको महिलाको सफलताका लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता विषयक कार्यक्रममा बोल्ने सहभागीहरुले हिंसामुक्त कार्यस्थल बनाउन प्रत्येक पालिकाले अभियान थाल्नुपर्ने बताए ।
कार्यक्रममा उक्त अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष नवराज लामिछानेले अहिलेसम्म हालसम्म वडामा कार्यस्थलमा भएका हिंसाका कुनैपनि उजरी नआएको भएपनि हिंसा कसै माथी हुन नहुँने तर्क गरे ।
उनले भने,‘ हिंसा कसैले कसैमाथी गर्न पाइदैन्,घरपरिवार,समाज कतैपनि कसैलाई हिंसा गर्नुभनेको यो अन्याय हो । उनले हिंसा गर्ने व्यक्तिहरुलाई समाजले वहिस्कार गर्नुपर्ने समेत बताए ।
तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिका सदस्य यमुना परियारको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी सुस्मा गिरीले हरेक क्षेत्रहरु हिंसामुक्त हुन जरुरी रहेको बताईन् । उनले हिंसा अन्त्य गर्नको लागि बनेका निती अक्षरांस पालना गर्नुपर्ने बताईन् ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया आचार्यले कार्यस्थलमा हुने हिंसाको अन्त्यका लागि महिला पुरुष दुवैको साथको आवश्यकता उत्तिकै रहेको बताईन् ।
अधिकारकर्मी निर्मल नेपालीले हिंसा अन्त्य गर्नको लागि रहेक कार्यमा महिला÷पुरुषको सहभागिता समान हुनुपर्नेमा जोड दिए । राष्ट्रिय अपागं महासघं दाङका अध्यक्ष देवा डाँगीले अपाङ्गता भएका व्यक्तिहरुसँग बोल्ने शब्दमा परिवर्तन गर्न जरुरी रहेको बताईन् ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थ भुसालले हिंसामा परेका व्यक्तिहरुले खुलेर आवाज उठाउँनु पर्ने र हिंसा अन्त्यका लागि कानुन निर्माण गर्ने स्थानमा महिला सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका सदस्य यमकला भुसाल,तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसी,क्रियाशिल पत्रकार महिला डब्लु.डब्लु.जे दाङका सचिव सर्मिला डिसी, पत्रकार गोपाल शर्मा भट्राई, सञ्चारिका समुह दाङकी उपाध्यक्ष सुधासुमन ढकाल, रेडक्रश जिल्ला शाखा दाङका प्रमुख विश्राम अधिकारी,अभिकारकर्मी यमुना शाह,सेफ हाउसकी ज्ञानु केसी,अपागं समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल लगाएतले हिंसामुक्त समाज निमार्णका लागि सबैलाई समान दृष्टिले हेर्नुपर्ने बताए ।
हिंसामा राजनितिक दलहरुको ठुलो हात हुने बताउँदै उनीहरुले त्यसका लागि सबैले बनेका ऐन कानुनहरु अध्ययन गर्न अत्यावश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार उमा भण्डारीले गरेकी थिईन् ।