२०८१ चैत्र ४ गते सोमवार

थप ८८ जनामा काेराेना पुष्टि, ३ सय ७६ जना निकाे

काठमाण्डौ,फागुन २३ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर, एन्टिजेन र आरडीटी गरेर आठ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा तीन सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सहित कोरोनाबाट निको हुनेको सङ्ख्या नौ लाख ५९ हजार चार सय ६९ जना पुगेको छ । अहिले ६ हजार एक सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३३ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *