दाङ, फागुन २२ । बलात्कार आरोपमा पक्राउ पछि आइतबार मात्रै निलम्बनमा परेका सांसद मोहन बानियाँ बिरुद्ध फेरि पाँच दिन म्याद थप भएको छ ।
नेकपा एमाले मुगुका नेता तथा पूर्व मन्त्री बानियाँलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले आइतबार अनुमति प्रदान गरेको हो ।
सांसद बानियाँ फागुन १६ गते पक्राउ परेका थिए । त्यतिखेर पनि उनलाई अदालतले पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको थियो ।
जुम्लाकी ४० बर्षीया एक महिलाले एमाले मुगुका नेता बानियाँ बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी अभियोगमा मुद्दा दिएकी छन् । बाँके प्रहरीले नेता बानियाँलाई बाँकेस्थित राँझा बिमानस्थलबाट पक्राउ गरेको थियो ।
पीडित महिलाको जाहेरीमा सापटी दिएको २५ लाख दिन्छु भनेर नेता बानियाँले आँफुलार्य बाँकेस्थित होटेल अप्सरामा बोलाएको र त्यही जवरजस्ती बलात्कार गरेको भन्दै जाहेरी दिएकी छन् ।
घटनाबारे अनुसन्धान जारी रहेको हुँदा फेरि म्याद थपका लागि अदालत समक्ष माग गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।