२०८२ बैशाख ३० गते सोमवार

घोराहीको महायज्ञमा सातौं दिन ४९ लाख दान संकलन

आरके सितल,
घोराही, ९ माघ । घोराहीमा जारी महायज्ञमा बुधवार ४९ लाख दान संकलन भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर– १३ स्थित बराहक्षेत्र मावि सेवार बनगाँउको भौतिक पूर्वाधार विकाश तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ महायज्ञ लगाइएको हो ।

वुधवार ४९ लाख ३५ हजार २ सय ३३ रुपैंया दान संकलन भएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिए । आयोजक संस्था मावि सेवार बनगाँउ विद्यालयका शिक्षक कर्मचारीहरुले ७ लाख ६० हजार ७ सय ६२ रुपैंया दान गरे । त्यस्तै घोराही १६ निवासी केवल खत्रीले ५ लाख ५६ हजार १ सय ११, घोराही १४ का देवा गिरी र ईन्दिरा गिरीले २ लाख २ हजार २ सय २ रुपैया, सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १ लाख २५ हजार ५ सय ५, घोराही १३ का गणेशकुमारी गिरीले १ लाख ११ हजार १ सय ११, घोराही १३ का युवराज आचार्यले १ लाख ५१ हजार १ सय ५० रुपैंया, घोराही १५ का भोजराज पाण्डे, बासुदेव पाण्डे र समीर पाण्डेले १ लाख ५ हजार ५ सय ५, घोराही १३ का झग्गी गिरी र कमला गिरीले १ लाख १ हजार ५ सय ५ गरे ।

त्यसैगरी घोराही १५ का शिवप्रसाद घिमिरेले १ लाख ५५ हजार ५ सय १५, घोराहीका मित्रलाल भण्डारीले १ लाख १ सय ११ रुपैंया दान गरेका छन् । त्यसैगरी घोराही १५ का देवकुमारी श्रेष्ठले ५० हजार १ सय ५, घोराही १३ का नरेश हमाल र पद्मा हमालले ५१ हजार ५ सय ५५, घोराही १३ का रविलाल घर्तीले ४१ हजार, घोराही १६ का केशरबहादुर केसीले ५१ हजार ५ सय ५५, घोराही १३ का विष्णुप्रसाद शर्मा, घोराही १३ का रेशमबहादुर घर्ती र खीमाकुमारी घर्तीले ५५ हजार ५ सय ५५ रुपंैया दान गरेका छन्। त्यस्तै घोराही १६ का हेमन्तकुमार पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघले ३५ हजार ५ सय ५५, घोराही १३ का मिनु गिरीले २५ हजार ५ सय ५५, घोराही १३ का मदन केसी र मनोज केसीले २५ हजार १ सय १, पद्मोदय पब्लीक मावि भरतपुरले २१ ह्जार ५ सय, नयाँ युगवोध राष्ट्रिय दैनिकले २१ हजार ५ सय रुपैया दान गरेका छन् ।

वुधवार घोराही १३ घर भइ हाल घोराही १४ मा बस्दै आएका मदनदेव गिरी र तारा पुरी गिरीले ५ लाख ५५ हजार ५ सय ५५ मुल्य बारबरको जग्गा दान गरेको भूमिदान व्यवस्थापन तथा मूल्यांकन उपसमितिका संयोजक देर्लभ केसीले जानकारी दिए । घोराहीमा जारी महायज्ञमा सातौं दिनसम्म १ करोड १५ लाख दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिएका छन् । वुधवार महायज्ञमा उपस्थित ६० वर्षभन्दा माथिका करिब ५० भन्दा बढि जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

विहीवार एक करोड दीप प्रज्वलन गरिने
यसैबीच महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने भएको छ । विहीवार महायज्ञ स्थलमा अपराह्न ४ बजे दीप प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिइन । देशमा शान्तिको कामना गर्दै पितृहरुको सम्झनामा दीप प्रज्वलन गरिने योगीले बताइन ।

एक हजार ८ कन्या पूजन गरिने
महायज्ञमा १ हजार ८ कन्याको पूजा गरिने भएको छ । महायज्ञको अन्तिम दिन शुक्रवार एक हजार आठ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ । शुक्रवार विहान ७ बजेदेखि कन्या पूजन गरिने आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *