दाङ, फागुन १८ । जवरजस्ती करणी मुद्दामा सोमबार पक्राउ परेका मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
बाँके जिल्ला अदालतले बुधबार घटना अनुसन्धान गर्न पाँच दिन म्याद उपलब्ध गराएको हो ।
जुम्लाकी एक ४० बर्षीया शिक्षिकाले बाँके प्रहरीमा नेकपा एमालेका नेता बानियाँ बिरुद्ध जबरजस्ती करणी मुद्दा दिएपछि सोमबार बाँकेस्थित राँझा बिमानस्थलबाट पक्राउ परेका थिए ।
ती महिलाको उजुरी पछि सांसद बानियाँ फरार रहेका थिए । त्यसपछि पक्राउ पूर्जी जारी गरेको थियो ।
शिबरात्रिको बिदाका कारण पूर्व मन्त्री समेत रहेका बानियाँलाई बुधबारर मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुधुसुदन न्यौंपानेले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार