२०८१ माघ २६ गते शनिवार

सुरेश हमालले विद्यालयलाई २१ हजार दान दिए

दाङ, माघ ९ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले प्राबिधिक शिक्षालय निर्माण गर्न मावि अश्वारामा जारी धार्मिक महायज्ञ २१ हजार नगद दान गरेका छन् ।

बुधवार अध्यक्ष हमालले उक्त दान गरेका हुन । दान पछि फरककोणलाई प्रतिक्रिया दिदै समाज परिवर्तनको प्रमुख आधार शिक्षा भएको हुँदा शैक्षिक उन्नयनको लागि आफुले दान गरेको बताए । अध्यक्ष हमालले त्यसका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको तर्क गरे । सामुदायिक विद्यालयको विकास भएमा मात्रै समाजको विकास हुन सक्ने उनको धारणा छ ।

‘समाज रुपान्तरणको माध्यम शिक्षा नै हो,’ अध्यक्ष हमालले भने ‘जवसम्म शिक्षामा सुधार हुँदैन तव सम्म परिवर्तन संभव छैन।’ सामुदायिक विद्यालयहरुको व्यवस्थापकिय कमजोरीलाई सुधार्न सकेमा शिक्षाको स्तरमा गुणात्मक रुपमा सुधार आउने उनको तर्क थियो ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *