२०८३ असोज २८ गते बुधवार

बन्दले जनजीवन प्रभाबित

तुलसीपुर, फागुन १६ । नेत्र बिक्रम चन्द ९बिप्लव० नेतृत्वको नेकपा लगाएत ६ बाम गठबन्धनले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा बिहानैदेखि परेको छ ।

बन्दका कारण यायातातका साधन, बजार, उद्योग, कलकारखाना सबै ठप्प छन् । एमसिसी संसदबाट पास भएको बिरोधमा त्यसलाई राष्ट्रघाती भन्दै ६ साना बाम घटकले नेपाल बन्द आह्वान गरेका हुन ।

चोक – चोकमा बन्दकर्ता छन् । प्रहरीपनि ठूलो संख्यामा परिचानल भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पूर्व पश्चिम राजमार्गमा स्कटिङ गरि लामो दुरीका सवारी साधन गनतब्य तर्फ पठाइने बताए ।

अतिआवश्यक बाहेक सवारी बाहेक अन्य सवारी साधन सञ्चालनमा आएका छैनन् । जस्ले गर्दा सर्वसाधारणको सामान्ने दैनिकी प्रभाबित बनेको छ ।


एमसिसी पास भइ सकेपछि आक्रोसित ६ बाम गठबन्धनको आज आह्वान गरेको बन्द अघिपछिका बन्दहरु भन्दा थप प्रभाबकारी देखिएको छ । आफ्ना सवारी साधनहरुमा आक्रोस पोख्ने त्रासका कारण सर्वसाधारण सवारी साधन लिएर सडकमा निस्कन डराएका छन् ।


तर, एक जना अधिकारीकर्मीले एमसिसी सबै ठूला नेताहरु मिलेर पास गरेको हुँदा सडकमा टायर बालेर, बन्द गर्नुको कुनै तुक नरहेको तर्क गरे ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *