२०८२ जेष्ठ ४ गते शुक्रवार

दूधरासमा हायस र मोटरसाइकल ठोक्किदा आगो लाग्यो,एक जनाको मृत्यु,तीन घाइते

तुलसीपुर, फागुन १६ । तुलसीपुर–घोराही सडक खण्डमा गएराति हायस र मोटरसाइकल एक आपसमा ठोक्किदा आगलागी भएको छ ।

जस्मा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइते मध्य मोटरसाइकल चालक र हायस चालकको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २१ बर्षीय रेशम चौधरीको मृत्यु भएको छ ।

घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार उक्त दुर्घटनामा परि तुलसीपुर १८ का मोटरसाइकल चालक २२ बर्षीय रमेश वली, हायस चालक तुलसीपुर ७ पर्सेनीका करण परियार, करणका भाइ २४ बर्षीय कमल परियार घाइते भएका छन् ।

घाइते मध्य रमेश वली र करण परियारलाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । कमलको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बा ३ ख ८६४३ नम्बरको यात्रु बहाक हायस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको मोटरसाइकल आइतबार राति ९ बजेर १० बजेतिर तुलसीपुर १८ दुधरासमा एक आपसमा ठोक्किएका थिए ।

दुर्घटना पछि मोटरसाइकलको ट्याङ्की पड्किएर आगलागी भएको थियो । आगलागीबाट मोटरसाइकल र हायसमा लगभग पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

तीब्र गतिका सवारी आपसमा ठोक्किदा मोटरसाइकलको ट्याङ्की पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । पिकअपको ठक्करबाट स्कुटी चालकको मृत्यु

तुलसीपुर– घोराही सडक खण्डमै आइतबार राति साढे नौं बजेतिर तुलसीपुर – १८ डाँडागाउँमा पिकअपले स्कूटीलाई ठक्कर दिदा थप एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परि तुलसीपुर – १७ फोर्टीनाइन चोकका २४ बर्षीय ताराबहादुर केसीको मृत्यु भएको छ । गम्भीर घाइते केसीको उपचारका क्रममा राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको डिएसपी अर्यालले बताए ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु १ च ६२८९ नम्बरको पिकअपले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ९०६६ नम्बरको स्कूटीलाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पिकअप चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *