२०८२ जेष्ठ ४ गते शुक्रवार

सांसद वलीले महायज्ञमा साढे ५५ हजार दान गरे

दाङ, माघ ९ । प्राबिधिक शिक्षालय निर्माण गर्न मावि अश्वारामा जारी धार्मिक महायज्ञ प्रदेश सांसद उत्तरकुमार वलीले ५५ हजार ५ सय ५५ रुपैंया दान गरेका छन् । बुधवार त्यहाँ पुगेर नेकपाका नेता वलीले उक्त रकम दान गरेका हुन ।

दान पछि सम्बोधन गर्दै सांसद वलीले सरकारी र निजी बिद्यालय बीचको खाडल पुर्न आफू सधैँ सक्रिय पूर्वक लाग्ने दाबी गरे । सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुर्धान प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने उनले बताए ।

अबको केही बर्षमा सामुदायिक बिद्यालयमा भर्ना गर्नेहरुको लहर आउने ढंगले शिक्षा नीति ल्याउन लागेको वलीले उल्लेख गरे । विद्यालयमा प्राबिधिक शिक्षा लागु गरेर बेरोजगारी अन्त्य गरिने बताए ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *