दाङ, फागुन १५ । एक गायिकाको तर्फबाट जबरजस्ती करणी मुद्दा परेपछि दंगाली नायक पल शाह ९पूर्णविक्रम शाह० आँफै प्रहरीमा पुगेका छन् ।
आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने उल्लेख गरेका शाह भने अनुसार नै जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी युवराज खड्काले शाह पक्राउ परेको र उनलाई हिरासतमा राखिएको जानकारी दिए ।
१७ वर्षीया एक किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुव्र्यवहार गरेको आरोपसहित गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन । त्यस यता प्रहरी शाहको खोजीमा लागेको थियो ।
तर, नायक शाहले फेसबुकमार्फत आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केही ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने जानकारी दिएका थिए ।