२०७७ मङ्सिर १७ गते बुधवार

कपुरकोटमा कृषक संग अन्तरक्रिया

शंकर केसी,
सल्यान, ९ माघ । कपुरकोट गाउँपालिकाले कृषक संग बुधवार अन्तरक्रिया गरेको छ । उन्नत कृषि केन्द्र संगको समन्वयमा अगुवा कृषक, एग्रोभेट सञ्चालक, व्यापारी र सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर गाउँपालिकाले अन्तरक्रिया गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनको अध्यक्षतामा भएको अन्तरक्रियामा गत वर्ष यहाँका कृषकले टमाटरको फरक जातको विउ लगाउँदा राम्रो उत्पादन नभएको गुनासो गरेका थिए ।

कृषक झुपलाल घर्तीले गत सिजनमा लगाएको २ हजार २ सय बोट टमाटर रोपेपनि विउ राम्रो नहुँदा ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे । विदेशबाट ल्याइएको विउ उत्पादक कम्पनीको कमजोरीले फरक जातको विउ परेको भन्दै त्यो बेच्ने एग्रोभेट संचालकले आफ्नो बचाउ गरेका थिए ।

कृषि पेशालाई आम जनताको आकर्षण र आत्मसम्मानको पेशा बनाउने तथा त्यसलाई व्यवसायिकरण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सेनले उल्लेख गरे ।

अन्तरक्रिया सारलाई समेटेर केहि महत्वपूर्ण निर्णयहरु गर्नेे सेनले प्रतविद्धता जाहेर गरेका छन् । त्यस्तै गाउँपालिका कार्यालय, किसान, व्यापारी र इच्छुक व्यक्तिहरुको लगानी बाट कपुरकोटमा चिस्यान केन्द्र स्थापना गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *