तुलसीपुर,फागुन १५ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शुक्रराज भण्डारी विजयी भएका छन ।
उनले प्रतिद्वन्द्वी देवराज भण्डारीलाई ५ सय ९५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन ।
निर्वाचित भण्डारीले १ हजार ९९ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी देवराज भण्डारी ५ सय ४ मत गर्नुभएको भएको निर्बाचन समिती संयोजक नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
मतदानमा करिब ७१ प्रतिशत मत खसेको थियो । कुल २ हजार २७३ मत मध्ये जम्मा १ हजार ६१० अर्थात ७०.८३ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक भण्डारीले जानकारी दिए ।
मतदानमा २९.१७ प्रतिशत अर्थात ६६३ मत भने नखसेको संयोजक भण्डारीले बताए ।
तुलसीपुर ७ मा रहेको सहकारीको आगामी ४ वर्षे नेतृत्वका लागि अध्यक्षमा शुक्रराज भण्डारी पुन ः चयन भएका हुन । खसेको मतमध्ये ६ मत बदर भएको छ ।
अन्य सबै पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको पुरुष उपाध्यक्ष बुद्धिराम बिसी, महिला उपाध्यक्षमा नमी कुमारी रेग्मी, सचिवमा कृष्ण प्रसाद पोख्रेल, कोषाध्यक्षमा बिजय सुवेदी, सहसचिवमा चिरञ्जीवी पौडेल सर्वसम्मत चयन भइसकेका छन ।
यस्तै सदस्यहरुमा जिवराज अधिकारी, खेन्टु गिरी, दुर्गा प्रसाद जैसी, शान्ता खनाल, शिवा लम्साल, खेतु प्रसाद भण्डारी, भुमा कुमारी भण्डारी निर्विरोध चयन भएका छन
यस्तै गरी लेखा समितिको संयोजकमा सुर्य प्रसाद शर्मा, सदस्यहरुमा तुलसी प्रसाद भण्डारी र केशव बहादुर बस्नेत रहेका छन ।
