लालु चौधरी,
अम्वास,माघ ९ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ नाउला निवासी मदन खड्काले २०७३ सालमा कक्षा ८ उत्तिर्ण गरे । तर उनले मन हुँदाहुँदै पनि कक्षा ९ मा पढ्न पाएनन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित मावि प्रतापकोट अम्वास कक्षा ८ सम्म मात्रै भएको हुँदा उनले त्यतिबेला पढ्न नपाएका हुन । त्यही भएर उनी २०७४ सालमा रहर मारेरै घरमै बसे । नजिकमा कक्षा १० सम्म पढाई हुने विद्यालय नहुनु र ८ उत्तिर्ण गरेपछि कक्षा ९ पढ्न तुलसीपुर बजार नै झर्नुपर्ने बाध्यताले गर्दा उनले पढ्न नपाएका हुन । बजारमा डेरा गरेर पढ्न सक्ने उनको घरको आर्थिक अवस्था थिएन ।
दमारगाउँ माविमा पढ्न आउँदापनि उनलाई साढे २ देखि ३ घन्टा हिड्नु पर्ने बाध्यता थियो । तर यो वर्षदेखि प्रतापकोट अम्वासमा कक्षा ९ सम्मको पढाई हुन थालेपछि मदन खड्का फेरि खुसी हुँदै आफ्नो पढ्ने धोको अनुरुप कक्षा ९ मा भर्ना भए । हाल उनी मेहनतका साथ कक्षा ९ मा पढिरहेको बताउँछन् । कल्ले,बल्ले, नाउला लगाएका क्षेत्र तुलसीपुरकै विकट क्षेत्र हुन । यहाँको भौगोलिक जटलताले यो नाम मात्रैको उपमहानगरपालिका सरह छ । राज्यको उपस्थिति यहाँ कतै देखिदैन । त्यसैले यस त्यसक्षेत्रमा बसोबास गर्ने गरिव परिवारका बच्चा बच्ची कक्षा ८ उत्तिर्ण गरेपछि चाहेर पनि थप पढ्न सक्दैन थिए । तर यही बर्षदेखि निमाबी बाट माविमा विद्यालय स्तरउन्ती भएपछि भने यहाँका अभिभावक र विद्यार्थी निकै खुसी भएका छन् ।
कक्षा ९ मै अध्यनरत दिपशान्ती कँवरले पनि विद्यालय मावि बन्नु निकै खुसीको कुरा भएको बताइन । ‘अब हामीलाई कक्षा १० पढ्नको लागि तुलसीपुर बजारमा डेरा बस्नुपर्ने बाध्यता रहने छैन,’ कँवरले भनिन् ‘अब हामी जस्ता चेलीले अन्त जानुपर्ने छैन।’ थापापानी निवासी उनले आफ्नै गाउँ ठाउँमा पढ्न पाउँदा छात्राहरुलाई धेरै सजिलो हुने धारणा राखिन । आगामी २०७६ देखि यो विद्यालयमा कक्षा १० संचालन गर्ने लक्ष्य राखिएको छ । यो विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले दिएको जानकारी हो । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखामा यो कुरामा सहमति जनाएको हुँदा विद्यालय माविमा लैजाने आँट स्थानीय र विद्यालय प्रशासनले गरेको हो ।
यो विद्यालयमा कुल विद्यार्थीको संख्या जम्मा २ सय ६० को हाराहारीमा मात्रै छन् । तर आज आएर कतिपयले कमजोर विद्यार्थी संख्यालाई देखाएर प्रतापकोट मावि बनाउन नहुने हल्ला गर्न थालेको सुनेपछि भने विद्यार्थी र अभिभावक पनि आत्तिएका छन् । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार गुरुङले पनि त्यसप्रति चिन्ता जाहेर गरे । ‘ फेरि अव यहाँका जनतलाई ठग्न पाइने छैन,’ गुरुणले भने ।
यो विद्यालय मावि नहुँदा धेरै बालवालिकाले बीचमै पढाई त्याग्नु परेको हुँदा कक्षा १० सम्मको पढाई जसरी पनि संचालन गर्ने दृढता उनले जाहेर गरे । ‘समाज रुपमान्तरणको आधार विद्यालयल नै हो,’ गुरुङले थपे । अशिक्षाकै कारण कल्ले बल्ले लगाएका क्षेत्रमा बढी बालविवाह हुने गरेको, महिला तथा बालबालिका माथिको थिचोमिचो कायमै रहेको उनले बताए ।
समाजको कुरुती अन्त्य गर्न शिक्षाको उज्यालो आवश्यक पर्ने हुँदा कल्ले बल्ले लगाएका तुलसीपुरको विकट भूमिको विकासको लागि त्यहाँ उच्च शिक्षा सम्मको पढाई हुनुपर्ने उनले बताए । तर उनले राज्यकै विभेदकारी नीतिका कारण कल्ले बल्ले नगरपालिका भएको २५ बर्ष पुग्दासम्म पनि जस्ताको त्यस्तै रहेको उनले गुणासो गरे ।