शान्तिनगर,फागुन१३ । पश्चिम दाङको शान्तिनगर गाउपालिकाको जुम्लेकुलामा कांग्रेस नेता स्वर्गिय महेन्द्र नारायण निधिको १००औं जन्मजयन्ती, गाउपार्टि कार्यालय एवं आखा शिविरको आयोजना गरी नेपाली कांग्रेस दाङले चुनाव लक्षित सभा सम्पन्न गरेको छ ।
कांग्रेस शान्तिनगर गाउँ इकाइ समितिको आयोजनामा भएको कांग्रेस सभामा नेपाली कांग्रेस जिल्ला तहका विभिन्न पदिय भुमिकामा रहेका नेता कार्यकर्ताहरुले केन्द्रिय नेतृत्वसंग राजनितिलाइ आर्थिक समृद्धिसंग जोड्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस शान्तिनगर गाउपालिकाका इकाइ सभापति झलक केसीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्धय दिपक गिरी र गेहेन्द्र गिरी सहितका जिल्ला नेतृत्वहरु सहभागि रहेको सो कांग्रेस सभामा बोल्ने बक्ताहरुले राजनितिक स्वतन्त्रताको अनुभुति धेरै भैसकेकाले अव राजनितिलाइ स्वतन्त्रतासंग मात्र नजोडेर जनताका आर्थिक समृद्धिका विषयसंग जोड्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागि जिल्ला तथा पालिकाका नेतृत्वहरुले मुलुकमा तीनै तहका निर्वाचनमा नेपाली कांग्रेसलाइ लैजानकालागी अव आर्थिक एजेण्डाहरु ल्याउनुपर्ने पनि बताएका थिए ।
विपी कोइरालाको समाजवाद पनि आर्थिक समृद्धि र विकाशका एजेण्डासंग जोडिएको बताउंदै हरेक नागरीकलाइ आर्थिक रुपमा सक्षम बनाउने कार्यक्रम सहित नेपाली कांग्रेस अघि बढ्नुपर्ने पनि उनीहरुको सुझाव थियो ।
केन्द्रिय सदस्य द्धय गिरीहरुलाइ संकेत गर्दै सहभागिहरुले अव नेपाली कांग्रेसमा व्यक्तिलाइ बलियो बनाउने भन्दा पनि संस्थालाइ बलियो बनाउने अभियान थाल्न र सवै नेता कार्यकर्ताबीच भावनात्मक एकताको वातावरण बनाउन पनि आग्रह गरेका थिए ।
‘अर्कालाइ दोष थोपरेर मात्रै आफु चोखो कांग्रेस बन्ने परीकल्पना अव सार्थक हुन सक्दैन, त्यसैले कांग्रेसमा व्यक्तिवादी चरीत्र हावि हुनु हुंदैन, संस्थालाइ बलियो बनाउने दायित्व नेतृत्वको पनि हो’—कार्यक्रममा शुभकामना व्यक्तगर्दै स्थानिय तहका कांग्रेस नेता रवि बुढाथोकिले भने ।
उनले राजनितिमा युवाहरुको भुमिकालाइ मज्वुत बनाउनकालागी विकाशका ऐजेण्डालाइ प्रार्थमिकता दिनुपर्ने पनि सुझाव दिए ।
कांग्रेससभामा बोल्दै तुलसीपुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विमल रिजालले कांग्रेसभित्र एकले अर्काको टिप्पणि गर्ने र आफु पन्छने प्रबृत्ति रहेको भन्दै यसलाइ उच्च नेतृत्वले व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।
अर्का महाधिवेशन प्रतिनिधि टिका घर्तिले महाधिवेशनमा भएका गतिविधिहरुलाइ आत्मसमिक्षा गर्दै महाधिवेशनमा पराजीत हुनेहरुको मतलाइ पनि उच्च सम्मानगर्दै पार्टिलाइ बलियो बनाउन लाग्नुपर्ने बताए ।
कार्यक्रमलाइ सम्वोधन गर्दै नेपाली कांग्रेस नगरसभापति शुरेश हमालले व्यक्तिलाइ बलियो बनाउने भन्दा पनि संस्थालाइ बलियो बनाउने प्रबृत्तिको विकाश गर्न आग्रह गर्दै आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाइ बलियो पार्टिका रुप्मा स्थापित गर्न सवै नेता कार्यकर्ताहरुले अग्रसर हुनुपर्ने बताए ।
नेपाली कांग्रेस शान्तिनगर गाउपालिकाका उपसभापति दोर्ण वहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महिला नेतृ तथा महाधिवेशन प्रतिनिधि सुस्मा लामिछाने गिरीले बिपिको समाजवादलाइ आत्मसात गर्दै नेपाली कांग्रेसले अव विकाशका एजेण्डालाइ बोकेर चुनावमा जानुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका अधिकांश पालिकास्तरका नेता कार्यकर्ताहरुले कांग्रेसमा व्यक्तिवादी चिन्तन हावि भएको भन्दै चौधौं महाधिवेशनले चुनेका यसै क्षेत्रका केन्द्रिय सदस्य दिपक गिरी र गेहेन्द्र गिरीले सवैलाइ एउटै मालामा गासेर पार्टिमा क्रियाशिल बनाउन आग्रह गरे ।
उनीहरुले दुइ नेता गिरीको विग्रहलाइ भज्याएर कम्युनिष्टहरुले फेरी पनि निर्वाचनमा विजय हातपार्ने स्वपना देखिरहेको भन्दै यो एकतालाइ भावनात्मक एकतामा जोड्न र सवै नेता कार्यकर्ता जोडिन पनि आग्रह गरेका थिए ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति तथा शान्तिनगरकै स्थानियबासी शंकर प्रसाद डांगीले निर्वाचनमा पार्टिलाइ एक ढिक्का बनाएर लैजाने प्रणगर्दै कार्यकर्तालाइ अनावस्यक रुपमा खेमा र गुटवन्दीको भ्रममा नपर्न पनि विश्वस्त बनाएका थिए ।
कार्यक्रममा स्थानीय नेता डम्वर खत्री, सीता पोख्रेल, कृष्ण वहादुर चौधरी, खेमराज विश्वकर्मा, शम्भु गिरी, प्रेमा केसी, ओपेन्द्र रावत, तेजराज वली, निमु जैसी, पार्वती पुन, चेत वहादुर डांगी, देवीराम रिजाल, कमानसिंह डांगी, बुद्धिराम तिवारी, प्रमोद बस्नेत, विपना रोका, फर्साराम डांगी, महाधिवेशन प्रतिनिधि युवराज खड्का, कृष्ण कुमार गिरी, अरुण लहरे लगाएतले निर्वाचनमा कांग्रेसलाइ बलियो पार्टि बनाउन टिमको राजनितिभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय राजनितिमा परीवर्तन आउन सक्छः प्रमुख अतिथि गिरी
कार्यक्रमलाइ सम्वोधनगर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले निकट दिनमै राष्ट्रिय राजनितिमा ठुलो परीवर्तन आउन सक्ने बताउंदै सवै परीस्थीतिमा गम्भीर भएर अघि बढ्न आम नेपाली कांग्रेस नेता कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।
एमसिसि पास गर्ने सन्दर्भमा भएका सत्ता गठवन्धनका पार्टिका गतिविधिका कारण समस्या उत्पन्न भएको बताउंदै यसमा कुनैपनि अलमलमा नपर्न नेपाली कांग्रेस नेता कार्यकर्ताहरुलाइ पनि उनले आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य गिरीले चांडैनै एमसिसिले निकाश पाउने अपेक्षा गर्दै कांग्रेसलाइ स्थानित तहदेखि संघसंम्मै विजयी बनाउन आम कार्यकर्ताहरु कांग्रेसको मालामा जोडिएर रहन आग्रह गरे ।
सो अवसरमा अर्का केन्द्रिय सदस्य तथा विशिष्ठ अतिथि गेहेन्द्र गिरीले नेपाली कांग्रेसको राजनितिमा गिरी भन्ने थेगो हटीसकेको बताउंदै यसमा कुनैपनि नेता कार्यकर्ता भ्रममा नपर्न आग्रह गरे ।
विगतमा भएका ती गलत बुझाइको समिक्षा गर्दै अव नेपाली कांग्रेसलाइ व्यक्तिवादी राजनितिबाट माथि उठाएर संस्थालाइ बलियो बनाउन आफ्नो पनि अथक प्रयास रहिरहने पनि उनले उद्घोष गरे ।
‘म विनम्रतापुर्वक आग्रह गर्दछु, अव गिरीको थेगो कांग्रेसको राजनितिबाट हटाइदिनुस्, हामीबीच कुनै राजनितिक तिक्तता छैन’, केन्द्रिय सदस्य गिरीले भने ।
सो अवसरमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डा नहकुल केसीले एमसिसि नेपालजस्ता मुलुककालागी अपरीहार्य सहयोग रहेको बताउंदै एमसिसिको गलत व्याख्याका पछि नलाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस निवर्तमान सभापति कृति वहादुर खड्का, क्षेत्रीय सभापति जगत खड्का, कांग्रेस नेता केशव आचार्य, शंकर गिरी, प्रदेश सभापति देवेन्द्र रिजाल, खिम वहादुर वली, नेता खिमप्रसाद खराल, शिक्षक नेता नीम वहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा केहि नेता कार्यकर्ता नेकपा एमाले परीत्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।
यसैबीच केन्द्रिय सदस्यद्धय दिपक गिरी र गेहेन्द्र गिरी लगायत कांग्रेस नेताहरुले शान्तिनगर गाउपालिका नेपाली कांग्रेस पार्टि कार्यालयको शिलान्यास गरेका छन् ।
नेपाली कांग्रेस शान्तिनगरका नेता स्वर्गिय तिलक केसीको स्मृतिमा उनका छोरा वलवहादुर केसीले करीव १० लाख मुल्य बरावरको एक कट्ठा जग्गा उपलव्ध गराएपछि सो स्थानमा पार्टि कार्यालय भवन निर्माण हुन थालेको छ ।
सो अवसरमा जग्गादाता वलवहादुर केसीलाइ सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस ववइका सचिव दिपक लामीछानेले गरेका थिए ।
सो अवसरमा आयोजित निशुल्क आंखा शिविरमा कम्तिमा दुइ सय जनाले आंखा परीक्षण गराएका थिए ।
आंखा शिविरमा राप्ती आंखा अस्पताल रक्षाचौरले प्राविधिक व्यवस्थापन गरेको थियो ।