२०८१ फाल्गुन ७ गते बुधवार

प्रथम पोल्ट्री महोत्सवको तयारी पूरा


दाङ, ९ माघ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा बिहीबारदेखि शुरु ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी २०७५ को तयारी पूरा भएको छ । घोराहीस्थित कृषि सामाग्री कम्पनीको प्राङ्गणमा शुरु हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवको उद्घाटन दिउँसो १ बजे कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले गर्ने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार महोत्सव उद्घाटन अघि बिहान ११ बजे घोराही बजारमा विभिन्न संस्कृति झल्कने झाँकीसहितको ¥यालीको आयोजना गरिएको छ ।

‘कुखुरापालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीस्थित कृषि सामाग्री कम्पनीको प्राङ्गणमा शुरु महोत्सवमा पोल्ट्रीसम्बन्धी प्रदर्शनी र यो व्यवसायमा सम्बन्धित सचेतनामूलक कार्यक्रम पनि हुने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले बताए । माघ २० गतेसम्म चल्ने महोत्सवमा बालउद्यान पनि रहेको छ भने केन्द्रीय तथा स्थानीय चर्चित कलाकारहरुको सांगितीक प्रस्तुति पनि रहने उनले जानकारी दिए । महोत्सवको पूर्वसन्ध्यामा आयोजकले मोटरसाइकल ¥याली पनि गरेको थियो ।

दाङको पोल्ट्री व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ भने विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा ३० रुपैयाँ कायम गरिएको छ । त्यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने आयोजकले जनाएको छ । महोत्सव अवधिभर करिव दुई लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र दुई करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *